दफा ३१
प्रमाणपत्र प्राप्त गर्नको लागि निवेदन दिनु पर्ने
(१) प्रमाणपत्र प्राप्त गर्न चाहने कुनै पनि व्यक्तिले तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको शुल्क तथा विवरणहरु समेत संलग्न गरी प्रमाणीकरण गर्ने निकाय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन पर्न आएमा प्रमाणीकरण गर्ने निकायले तोकिए बमोजिमको कार्यविधि पूरा गरी निवेदन प्राप्त भएको एक महिनाभित्र निवेदकलाई प्रमाणपत्र जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ ।
(३) प्रमाणीकरण गर्ने निकायले उपदफा (२) बमोजिम प्रमाणपत्र जारी गर्ने निर्णय गरेमा सात दिनभित्र आफ्नो हस्ताक्षर सहित तोकिए बमोजिमको ढाँचामा तोकिए बमोजिमको विवरण समावेश भएको प्रमाणपत्र जारी गर्नु पर्नेछ र प्रमाणपत्र जारी नगर्ने निर्णय गरेमा सोको कारण सहितको सूचना सात दिनभित्र निवेदकलाई दिनु पर्नेछ ।